• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo
ad image

Hindi Nepali Stories

मेरो अङ्कल

कुसुम र म गाउँको विद्यालयमा एउटै कक्षामा पढ्थ्यौं । उसको घर नजिकै भएकोले ऊ गृहकार्य गर्न मेरै घरमा आउने गर्दथी । कक्षा ७ हामी दुवैले सँगै पास ग¥यौं । कुसुमको बुबाले विदेशबाट फर्केपछि शहरमा घर किन्नुभयो र हजुरबा र हजुरआमालाई गाउँमा छाडेर उनीहरू शहर बसाइँ सरे । यता वृद्धवृद्धा छोरा–बुहारीले छाडेर गएकोमा मर्माहत बनेका थिए भने उता कुसुमले सधैंका लागि गाउँ छाडेर गएकोमा मलाई पनि ज्यादै नरमाइलो लागिरहेको थियो । त्यो दिन मलाई किनकिन विद्यालयको आँगन र कक्षाकोठा सुनसान लागेको थियो । मेरो ध्यान पढाइमा पटक्कै गएको थिएन । मैले गाउँको विद्यालयबाट प्रवेशिका पास गरे । उता कुसुमले शहरको बोर्डिङ स्कूलबाट विशिष्ट श्रेणीमा प्रवेशिका उत्तीर्ण गरेकी खबर कुसुमको हजुरबाले सुनाउनुभयो । त्यसपछि मेरो बुबा बित्नुभयो । म टुहुरो भएँ । घरमा आमा र ममात्र भएँ । मैले आमालाई एक्लै छाडेर कतै जान नमिल्ने भएपछि मेरो अध्ययन प्रवेशिका भन्दा अगाडि बढ्न सकेन । म पूर्णरूपले घरव्यवहारमा फसें । सायद तीन वर्षपछिको कुरा हुनुपर्छ । कुसुमकी हजुरआमा सिकिस्त बिरामी भएकीले शहरबाट कुसुम उसको बुबाआमासित गाउँ आएकी थिई । कुसुम गाउँ आएको खबर मलाई आमाले खेतबारीमा आएर सुनाइन् । मलाई कुसुमसित भेटेर पेटभरि कुरा गर्न मन लागेकोले खेत जोत्ने काम थाती राखेर घरतिर कुदें । कुसुम घरको आँगनमा उभिएर कसैसित मोबाइलमा कुरा गरिरहेकी थिई । ऊ पूर्णरूपले आधुनिक भइसकेकी रहिछे । उसले कालो केशराशि रङ्ग्याएर टलक्क टल्कने सुनौलो पारेकी रहिछे । गाउँमा कुर्तासुरुवालमा सालीन देखिने कुसुममा शहर गएपछि निकै परिवर्तन आएको देखें । म भने गाउँले किसान । घामपानी र परिश्रमले होला ऊभन्दा पाको र जेठो देखिन्थें । हतारहतार आँगनको धारामा हिलोमैलो पखालेर म कुसुमलाई भेट्न उसको घरतिर गएँ । अभैm ऊ कुरामा मग्न थिई । मैले आपूmलाई सम्हाल्न नसकेपछि पछिल्तिरबाट बोलाएँ– “कुसुम ।” उसले मतिर फर्केर राम्ररी हेरी । तर चिन्न सकिन कि क्या हो बोलिन । “तिमीलाई कस्तो छ ?” मैले उसलाई सरसर्ती नियालेर सोधें । उसले अहिले भने अन्कनाउँदै जवाफ फर्काइ– “किन ? मलाई आरामै छ । आई एम फाइन अङ्कल ।”

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image